• Saturday 25th July 2026

तालमेल गरेर निर्वाचनमा जाने सत्ता गठबन्धनबीच सहमति,सिट बाँडफाँडको टुङ्गो लगाउन कार्यदल गठन

तालमेल गरेर निर्वाचनमा जाने सत्ता गठबन्धनबीच सहमति,सिट बाँडफाँडको टुङ्गो लगाउन कार्यदल गठन


  • लुम्बिनी रिभ्यू

काठमाडौं। सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुन अनुसार नै भएको बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय सत्ता गठबन्धन बैठकले उक्त सहमति गरेको हो ।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भएको उल्लेख छ ।

त्यस्तै, पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले आगामी भदौमा सिट बाँडफाँडको टुङ्गो लगाउने सहमति पनि पाँच दलबीच भएको जानकारी दिनुभयो ।

संयोजक पौडेलले सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गरिएको पनि बताउनुभयो ।

सरकारले बिहीबार मात्रै आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend