• Saturday 25th July 2026

मंसिर ४ : ११६ वटा राजनीतिक दल निर्वाचनमा भाग लिन योग्य

मंसिर ४ : ११६ वटा राजनीतिक दल निर्वाचनमा भाग लिन योग्य


  • लुम्बिनी रिभ्यू

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ११६ वटा राजनीतिक दल योग्य देखिएका छन् ।

निर्वाचन आयोगमा २०७९ साल साउन १९ गतेसम्म दर्ता भएका राजनीतिक दलले मात्र आगामी निर्वाचनमा भाग लिन पाउने छन्।

साउन १९ गतेसम्म दर्ता भएका दलहरूले साउन ३१ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पुगेर निवेदन दिन सक्नेछन् । त्यसका लागि आयोगले निवेदनको ढाँचा आयोगको वेब–साइटमा राखेको छ भने आयोगको सचिवालयबाट पनि प्राप्त गर्न सकिनेछ ।

दल दर्ता गर्नका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend