• Saturday 25th July 2026

एमाले परित्याग गरेरका भूसाल सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवार

एमाले परित्याग गरेरका भूसाल सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवार

भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए


  • लुम्बिनी रिभ्यू

बुटवल । एमाले परित्याग गरेरका वामपन्थी नेता घनश्याम भूसालले रुपन्देही-१ बाट सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका थिए ।

नेता भूसालले आफू कुनै पनि पार्टीमा नजाने भनेपछि दाहालले उक्त क्षेत्रमा आफ्नो दलको कुनै उम्मेदवारी नरहने प्रतिबद्धता जनाएको नेता भूसालले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए । देउवा पनि यसमा सकारात्मक भएर समर्थन जनाएका छन् ।

नेता भूसालले आफू कुनै पनि पार्टीमा अब प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने जानकारी दिए । उनले दक्षिण एसियाको राम्रो कम्युनिस्ट पार्टीको रुपमा रहेको एमालेलाई नेतृत्वले कब्जा गरेको बताए ।उनले आफ्नो कुनै पनि गतिविधि एमालेविरुद्ध लक्षित नहुने बरु सबै कम्युनिस्टलाई एकताबद्ध बनाउनेमा मात्र केन्द्रित हुने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend