• Saturday 25th July 2026

रूपन्देही २ : गठबन्धनका उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारकाे उम्मेदवारी खारेज,

रूपन्देही २ : गठबन्धनका उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारकाे उम्मेदवारी खारेज,


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।

उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् ।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, स्वतन्त्र उम्मेदवार भन्दै आएका डाक्टर निकाेलस भुसाल र हेमराज बस्याल तीनै जनाकाे उम्मेदवारी खारेज भएकाे आयाेगले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

याेसंगै एमालेका उम्मेदवार बिष्णु पाैडेलका लागि जीत सजिलाे भएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend