• Saturday 25th July 2026

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलत्कार

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलत्कार


  • लुम्बिनी रिभ्यू

बुटवल – रुपन्देहीमा दुई किशोरीलाई अपहरण गरी जवर्जस्ती सामूहिक बलत्कार भएको छ । बल्त्कार गर्ने नौ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । २ जना अझै फरार छन् ।
बुधबार कञ्चन गाउपालिकामा भएको सास्कृतिक कार्यक्रम हेरी घर फर्कने क्रममा राति सबा १ बजे मोटरसाईकलमा आएका १३ जनाको समूहले दुई किशोरीलाई अपहरण गरी सामूहीक जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
किशोरीहरु १५ र १६ वर्षीय छन् ।पक्राउ पर्नेमा ५ जना १८ वर्ष मूनिका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका ११ का १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैंडहवा ८ मैनियाका १८ वर्षीय राहुल परियार, बर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका ११ वनकट्टीका १८ वर्षे बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैडहवा गाउपालिका ८ मैनियाका २६ वर्षे राम बहादुर वि.क, १६ का नाम परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरुले मोटरसाईकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित किशोरीहरुसंग रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ बर्षिया र १६ वर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाईकलमा अपहरण गरी लगेका थिए । ६ जनाको समूहले १६ बर्षियालाई कञ्चन गाउ“पालिका २ स्थित गोलापुर स्थित कुडियाखोला खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जवर्जस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउंलेहरुले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरु समेत घाईते भएका थिए ।
अर्की १५ वर्षीया किशोरीलाई देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १:५५ बजेको समयमा सात जनाले पालैपालो जवर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो । त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो ।
घटनामा संलग्न व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डी, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभीन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend