
बुटवल । एमाले नेता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले मतदाताका अपेक्षा र आवश्यकता सुन्न सुरु गरेका छन् ।
रूपन्देही २(१) का प्रदेश सभा उम्मेदवार गिरीले घरदैलोका क्रममा मतदाताका अपेक्षा र आवश्यकता सुन्ने र त्यसलाई पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । शालीन नेताको पहिचान बनाएका गिरीले रुपन्देहीमा संघ र प्रदेश सरकारको अगुवाइमा थुप्रै नमुना विकास योजना सुरु भएको बताउदै आफूले जितेपछि त्यसलाई पूरा गर्ने बताए ।
गिरी प्रदेश सरकारमा करिब साढे ३ वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने केही दिन आन्तरीक मामिला मन्त्री बनेका थिए । त्यसबेला लुम्बिनी भ्रमण वर्ष मनाउनेदेखि पर्यटन, उद्योग र पूर्वाधार विकासमा धेरै काम गरेका थिए ।
पूर्वमन्त्री गिरीलाई मतदाताले राजनीतिक व्यवस्थता फेरिएपनि आफ्नो अवस्था नफेरिएकाले अब अवस्था फेर्न आग्रह गरे । गिरीले मतदाताको सुझाबअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको पनि उनले बताए ।

लुम्बिनी रिभ्यू