• Saturday 25th July 2026

रुपन्देही २ का गठबन्दनका उम्मेदवारकाे दावी : अंकगणितमा हामी बलियो

रुपन्देही २ का गठबन्दनका उम्मेदवारकाे दावी : अंकगणितमा हामी बलियो


  • लुम्बिनी रिभ्यू


बुटवल । रुपन्देही २ का गठबन्दनका उम्मेदवार केशवबहादुर थापा र प्रदेश ख का उम्मेदवार वामदेव गौतम क्षेत्रीले अंकगणीतिय हिसावले आफूहरु बलियो रहेको बताएका छन् ।
निर्वाचन क्षेत्रमा आयोजित अगुवा कार्यकर्ता भेलामा बुधबार उनीहरुले रुपन्देही २ मा यसपालि गठबन्दनले जित्ने दाबी गरे ।
स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकामा जितेकाले यसपालि आफू बलियो रहेके उनीहरुले बताए । यसले यसपालि एमालेका लागि पनि चुनौति थपिएको उनीहरुको भनाइ छ ।
उम्मेदबार थापाले सत्तागठबन्धनले समर्थन गरेको जनमुुक्ति पार्टी जनमतको हिसाबले २०७४ सालको तेस्रो शक्ति भएकाले आफू जित नजिक रहेको दाबी गरे । वडाअध्यक्षहरुको मतको आधारमा विश्लेषण गर्दा गठबन्धन नै अंक गणितमा बलियो देखिएको उनले बताए ।
प्रदेश सभाका उम्मेदवार बामदेव गौतम क्षेत्रीले बुटवल र सैनामैनाको विकासकालागि आफूले बनाएका विकासका खाका अब्बल रहेको र बहुसंख्यक मतदाता गठबन्दन समर्थक रहेकाले उत्साह थपिएको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend