बुटवल । रुपन्देही क्षेत्र नं. २ मा अन्तिम समयमा गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले संवैधानिक व्यवस्थाको रक्षाको लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको दाबी गरेका छन् ।
चुनावी प्रचारका क्रममा उनले आफूहरुले जिते व्यवस्था र संविधानको रक्षा गर्दै कृषि क्रान्ति, औद्योगिक, पर्यटन लगायतको विकासका काम गर्ने जिकिर गरे ।
रोजगारी सिर्जनाको लागि औद्योगिकीकरण, युवालाई सीपसहितको शिक्षा, सर्वशुलभ स्वास्थ्य, न्यायालयमा सहज पहुँच स्थापित गर्ने पनि उनले बताए ।
क्षेत्र नं. २ (क) मा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे ।
क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले आफूहरुले जिते विद्यमान सुकुम्बासी समस्या समाधान गर्ने बताए ।

लुम्बिनी रिभ्यू