भैरहवा । गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँणले रुपन्देहीको समग्र बिकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गरेका छन् । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निर्माण, सोह्र–छत्तीस सिंचाई प्रणाली लगायतका निर्माणमा आफूले पहल जिकिर गरे ।
गठबन्धनद्वारा क्षेत्रका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेसका केन्द्रीय सदस्य खाँणले बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निर्माण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा पनि आफूले महत्वपूुर्ण भूमिका खेलेको बताए ।
आफुू शिक्षा राज्यमन्त्री हुँदा माध्यमिक शिक्षा सहयोग कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाका १५ वटा विद्यालयको भौतिक सुधार गरेको उनले उल्लेख गरे ।
रुपन्देहीलाई अझ बिकसित र समुन्त बनाउन आफूले थुुप्रै योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको उनले बताए ।

लुम्बिनी रिभ्यू