
बुटवल । तपाई बुटवलवासी हो ? त्यसोभए अहिले योगीकुटी नेपालगन्ज रोडको कालिकापथको सडक त देख्नुभएकै होला ? चार लेनको फराकिलो सडकले यहांको मुहार मात्र फेरेको छैन व्यापार व्यवसाय समेत बढाएको छ । १ हजार ७० मिटर लम्बाइको सडक प्रदेशकै नमुना हो ।
सिद्धबाबामा झर्ने पहिरोले दिनहुं सडक जाम हुने तथा तराई र पहाडको सम्बन्ध तोडिने गरेको कुरा पनि तपाइलाई थाहै होला । थाहा छ, यो बाटो कसको पहल र बजेटमा बनेको हो ? थाह छैन भने थाहा पाउनुस् नेकपा एमालेका नेता लिला गिरीको लुम्बिनी प्रदेश सरकार गठन लगत्तै आर्थिक वर्ष २०७४र ०७५ को बजेटमार्फत प्राथमिक योजनाका रुपमा लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकखण्डको वैकल्पिक सडक निर्माण थालेको थियो ।
बुटवलको धागो कारखाना, चरंगे हुदै पाल्पाको झुम्सा जोड्ने सडकमा ३८ करोड ७१ लाख ७८ हजार रुपैया“ लगानीमा ७० प्रतिशत काम सकिएको छ ।
रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभामा उम्मेदवार गिरीले समृद्ध लुम्बिनी प्रदेशको खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उहाँको समेत नेतृत्वदायी भूमिका खेलेका छन् । आफुहरुकै नेतृत्वमा तयार भएका समृद्धिका आधारलाई साकार पार्न र यसअघिको अनुभवबाट अझ विशिष्ट नतिजा दिनका लागि अवसर दिनुपर्ने उहाँको अपेक्षा छ ।
लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने आधार तयार पार्ने काममा लिला गिरीको नेतृत्वदायी भूमिका छ । उनले लुम्बिनी प्रदेशका समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्न उपयुक्त कार्यक्रम बनाउने काम अगुवाइ गरेका छन् ।
लुम्बिनी प्रदेशका पहाडका ६ जिल्ला जोड्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने प्रदेश राजमार्गको निर्माणको योजना अगाडि बढाएका छन् । बुटवल, तिलोत्तमा चक्रपथ निर्माण, आन्तरिक र वाइपासका विभिन्न रणनीतिक महत्वका सडकहरुको विस्तार र स्तरोन्नति थालेका छन् । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम घोषणा गर्दै बुद्ध संग सम्बन्धित क्षेत्रहरु लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउने महत्वपूर्ण कार्यक्रम सुरु गरे । अलपत्र पारिएको बेलवास–बेथरी पर्यटन मार्ग निर्माणलाई तीव्रता दिए । राष्ट्रिय स्वाभिमानको सम्पदा स्थल तत्कालीन अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको संरक्षण र प्रबद्र्धनका काम गरे । बुटवलदेखि ऐतिहासिक नुवाकोट गढीसम्मको सडक विस्तार र नुवाकोटको प्रबद्र्धन र सैनामैनामा प्रदेश स्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माणको सुरुवात गरे । बुटवलको भुड्कीचौक रामनगर जोड्ने श्रवणपथ सडक बिस्तार, बुटवल चक्रपथ र तिलोत्तमा चक्रपथ निर्माण, राजमार्ग चौराहदेखि प्रस्तावित बुटवल मेडिकल हुदै शिवनगर तपाहा जोड्ने सडक विस्तार गरे । खेलकुदलाई उच्च प्राथमिकता दिंदै ७ अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण सुरु, बुटवल र तिलोत्तमामा विभिन्न स्थानमा खेलकुदका पूर्वाधार निर्माण तथा विस्तार गरेका छन् भने बुटवल–१५, सेमलारमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक कभर्ड हल निर्माण गरेका छन् । खेलकुदको विकासमा एक स्थानीय तह एक खेलमैदान कार्यक्रम सुरु, दीपनगरमा रहेको सिद्धेश्वरी खेलमैदानको स्तरोन्नति र मर्मत संहार उनकै पालामा भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापन, सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवासंगै हरेक जिल्ला अस्पतालमा आइसीयु, एचडियु र सल्यक्रिया गर्ने क्षमतामा बिस्तार गरेका छन् ।
गिरीले लुम्बिनी प्रदेश सरकारमा पहिलो उद्योग, वन, पर्यटन र वातारण मन्त्री, केही समय आन्तरिक मामिला तथा कानून मन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गरे । उनी मन्त्री नहुदा पनि उनको पहलमा रुपन्देही २ को क मा एक सय वटा योजना र तिनका लागि झण्डै डेढ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्रीको सम्भावनासहित चुनावी मैदानमा उत्रिएका गिरी भन्छन्, ‘ सुरु विकासका काम सक्न र प्रदेश सरकारबाट नागरिकको जीवनस्तर फेर्न फेरि चुनावमा उत्रिएको हुं ।’

लुम्बिनी रिभ्यू