• Saturday 25th July 2026

रुपन्देही क्षेत्र नम्बर ५ मा पनि मतगणना सुरू

रुपन्देही क्षेत्र नम्बर ५ मा पनि मतगणना सुरू


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो ।

अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका बासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा हुनुहुन्छ । एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend