• Saturday 25th July 2026

माओवादी बैठक : नयाँ सरकार गठनका लागि सबै विकल्पहरु खुला

माओवादी बैठक : नयाँ सरकार गठनका लागि सबै विकल्पहरु खुला


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपेक्षाकृत सिट हासिल नभएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले चुनावी परिणामको प्रारम्भिक समीक्षा गरेको हो । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधिसभामा अपेक्षाकृत सिट हासिल नभएको प्रारम्भिक समीक्षा रहेको बताए ।

‘बैठकमा चुनावी परिणामको प्रारम्भिक समीक्षा गरियो, अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरुप परिणाम आएन भन्ने निर्क्योलमा पुगेका छौं,’ उनले भने, ‘बाँकी अब सबै परिणाम आइसकेपछि पूर्ण समीक्षा हुन्छ ।’

उनले बैठकले नयाँ सरकार गठनका लागि सबै विकल्पहरूमाथि छलफल गर्न खुला रहने निर्णय गरेको बताए । ‘अहिले जुन गठबन्धन छ, त्यो छोड्ने निर्णय होइन, तर अन्य विकल्पहरु पनि खुला छन्,’ उनले भने, ‘यो भनेको पूरानो गठबन्धन छोड्ने निर्णय भएको होइन । तर, अरु सबै अप्सनमा पनि हामी खुला छौं ।’

उनले नेकपा एमालेसहित अन्य दलहरुसँग समेत गठबन्धन हुन सक्ने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend