काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
उनका अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद चयन भएका छन्।
हेर्नुहोस् सूची –
प्रदेश १ : शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, सिर्जना राई, मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेगम, नम्मरलाल धिमाल, ललिताकुमारी चौधरी ।
मधेस प्रदेश : मञ्जुकुमारी थापा, पोल्टीदेवी यादव, पलटीदेवी महरा, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, जयचन्द्रप्रसाद पटेल र नाजिमा खातुन ।
बागमती : भारतीकुमारी पाठक, अप्सरा चापागाई, मायाकुमारी कार्की, डा. दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी र बालकुमारी विश्वकर्मा ।
गण्डकी : यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली ।
लुम्बिनी : जानकी न्यौपाने, बसन्ती न्यौपाने, गिरिधारीलाल न्याैपाने, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी, इन्द्रकुमारी गहतराज, रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।
कर्णाली प्रदेश : दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, गन्त विक र नन्दा गुरुङ ।
सुदूरपश्चिम : सन्तोषी कुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, हिरा सार्की र कोइलीदेवी चौधरी ।
सङ्घीय संसद्का समानुपातिक सांसदको नाम यस्तो छ
आदिवासी जनजातितर्फ
देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सुर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ति, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खस आर्यतर्फ
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहदुर शाही
महिलातर्फ
मेनका कुमारी पोख्रेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, शान्ति चौधरी, दीपा शर्मा, सुनिता बराल
थारुतर्फ
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित तर्फ
ईश्वरबहादुर रिजाल, प्रभु हजरा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राणा बराइली, हर्क माया विश्वकर्मा
मधेशीतर्फ
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतिक्षा तिवारी मुखिया
मुस्लिमतर्फ
सराज अहमद फारुकी
पार्टीद्वारा कारबाही
बैठकले निर्वाचनमा पार्टीविरुद्ध लागेका नेताहरूलाई कारबाही गरेको छ । पार्टी उपमहासचिव गुरुङका अनुसार कारबाहीमा परेका नेताहरूमा घनश्याम भुसाल, प्रभु साह, उपेन्द्र साह, कुन्दन कुश्वाहा, गङ्गा चौधरी, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, टेकबहादुर बलम्पाकी, वाङ्दी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी शाह, चैतुन खातुनलाई कारबाही गरिएको छ ।

लुम्बिनी रिभ्यू