• Saturday 25th July 2026

तिलोत्तमा मेला : उर्लिए दर्शक, थपियो मेलाको अवधि

तिलोत्तमा मेला : उर्लिए दर्शक, थपियो मेलाको अवधि

हरेक दिन कलाकारहरूले तताइरहेका छन् माहा्ैल


  • लुम्बिनी रिभ्यू

 बुटवल। तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शक उपभोक्ताको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ । शनिबार विदाको दिन परेकाले दर्शक उपभोक्ताको घुईंचो बढेको हो ।
मेलामा शनिबार ब्याडमिन्टन प्रतियोगिता पनि शुरु भएको छ । प्रतियोगितामा ३५ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा सेमी फाइनलका खेल आईतबार हुने खेल ब्यवस्थापन उपसमिति संयोजक विवश थापा मगरले जानकारी दिए ।
यसैबीच शनिबार चर्चित गायक गायिकाहरु विष्णु खत्री, कृष्ण रेउले, प्रचण्ड जीसी, विधान कार्की, दुर्गा नेपाल, सुजाता पाण्डे, आशिका थापा, उद्घोषक दिपु मगर, दुर्गा गुरुङ लगायतले मनोरन्जन प्रदान गरेका छन् । नाइट कन्सटमा भने ज्योति मगरको दमदार प्रस्तुति रहेको सांस्कृतिक संयोजक युवराज पराजुलीले जानकारी दिए । ज्योतिले युवा युवतिहरुलाई निकै रोमान्चक बनाइन् । उनीहरु समुहमा नाचेर झन् ज्योतिलाई उत्साहित बनाए ।


मेलामा सोनी डान्स ग्रुपका डान्सरले पनि उत्कृष्ट कला प्रस्तुत गरे । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका छन् ।
यसैबीच मेलामा आईतबार लोकप्रिय गायक गायिकाहरु पशुपति शर्मा, राजेन्द्र गिरी, संगिता चितौरे, उद्घोषक विकास भट्टराई लागायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् । नाइट कन्सर्टमा भने माइला र्यापरको प्रस्तुति रहने छ ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेर ब्यवस्थापन गर्न नैै हम्मे हम्मे परेको मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । मेलामा दर्शक उपभोक्ताको चाप बढेपछि स्टलधनी समेत उत्साहित भएको जीएमले बताए । उनका अनुसार शनिबार करिब ९० हजार दर्शकले मेलाको अबलोकन गरेका छन् ।
मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । दर्शकको चाप अनुसार मेलाको अवधि दुई दिन थपेको आयोजकले बताएका छन् । मेला २८ गते मंसिरमा सकिने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend