• Saturday 25th July 2026

प्रतिनिधिसभाको मङ्सिर २९ र प्रदेशको नतिजा पुस २ गते राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी

प्रतिनिधिसभाको मङ्सिर २९ र प्रदेशको नतिजा पुस २ गते राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी


  • लुम्बिनी रिभ्यू

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले भन्नुभयो, ‘‘मङ्सिर ४ गते आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण आयोगले मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ, त्यसै अनुसार कार्यहरू भइरहेका छन् ।’’

आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको छ । आजसम्म सच्याएर आयोगमा पेश गर्न समय तोकेको छ । दलहरूले विवरण बुझाएपछि आयोगले सबै विवरण तयारी कानुन अनुसार निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ ।

प्रमुख आयुक्त थपलियाका अनुसार, आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले भोलि (मङ्गलबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ ।

प्रदेशको नतिजा पुस २ मा बुझाइने

देशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिनेछ । त्यसको लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर त्यसको जानकारी पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend