
काठमाडौ । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय कमिटीले एकेडेमीका संरक्षक,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपप्रधान तथा अर्थमन्त्री एबं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

काठमाण्डौमा आयोजित छुट्टाछुट्टै कार्यक्रमविच एकेडेमीले बधाई तथा शुभकामना ज्ञापन गरेको हो । ओली निवास बालकोटमा आयोजित कार्यक्रममा बधाई ग्रहण गर्दै पूर्व प्रधानमन्त्री ओलीले निर्वाचनमा एकेडेमीले खेलेको भुमिका प्रशंनीय रहेको बताउनु भयो । उहाँले बृहद योजनाका साथ युवा तथा किशोर किशोरीहरुविच जान एकेडेमीलाई आग्रह गर्नुभयो ।




पौडेल निवास भैसेपाटीमा आयोजित कार्यक्रममा बधाई ग्रहण गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले एकेडेमीको दायरा फराकिलो र भविष्य उज्वल रहेको चर्चा गर्नु भयो ।

दुबै कार्यक्रमहरुमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बधाई तथा शुभकामना पत्र प्रदान गर्दै एकेडेमीका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले दुबै कार्यक्रमहरुमा बधाई तथा शुभकामना पत्र पढेर सुनाउनु भएको थियो ।
ती कार्यक्रमहरुमा एकेडेमीका पदाधिकारी,सल्लाहकार,बिभागिय प्रमुख र राजधानीमा उपलब्ध बिभागिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी रिभ्यू