• Saturday 25th July 2026

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।

सचिवालयका सहासचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नवनिर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनुहुनेछ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ ।
सांसदहरुको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ ।

गौतमका अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend