• Saturday 25th July 2026

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत : विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत : विष्णु पौडेल प्रस्तावक, सुवास नेम्वाङ समर्थक


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनु भएकाे छ ।

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिनुभयाे ।

संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको गिरीले बताउनुभयाे।

बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।

संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend