• Saturday 25th July 2026

६० वर्षमाथिकालाई नसर्ने रोगको निःशुल्क उपचार,लिम्पियाधुरा, कालापानी र लिपुलेक प्राप्त गर्न प्रभावकारी पहल

६० वर्षमाथिकालाई नसर्ने रोगको निःशुल्क उपचार,लिम्पियाधुरा, कालापानी र लिपुलेक प्राप्त गर्न प्रभावकारी पहल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने गराउने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्नुहुँदै सरकारले यस्तो नीति ल्याएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘६० वर्ष माथिका नागरिकका लागि उच्च रक्तचापर मधुमेहजस्ता नसर्ने रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नुपरेका झन्झटको तत्काल हटाउने ।’’

यसैगरी, उहाँले दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपाल : निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन् स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रमा समेटिएको बताउनुभयो ।

त्यस्तै, कुनै पनि नेपालीले सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गरिने, सिंचाइ आयोजनाहरूलाई पूरा गरिने, भूमि बैंकको स्थापना गर्ने, मल खरिदको व्यवस्थामा सुधार गर्ने, कृषि उपजको मूल्य तोक्ने, ऊर्जा विकासमार्फत आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने, बाल संरक्षण अनुदान दिइने र गर्भ अवस्थादेखि मृत्युसम्मको सुरक्षा व्यवस्था गर्ने सरकारको कार्यक्रममा उल्लेख छ ।

यसैगरी, सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्रको भूमि प्राप्त गर्न प्रभावकारी पहल गर्ने छ भन्दै अर्थमन्त्री पौडेलले दुवै छिमेकीसहित सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend