
अहिलेसम्म कोरोना नदेखिएको प्रदेश ५ मा पनि कोराना संक्रमण देखिन शुरु गरेको छ । यहां शुक्रबार एकै दिन दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।
संक्रमितमा रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

लुम्बिनी रिभ्यू