• Saturday 25th July 2026

एमालेका दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

एमालेका दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित


  • लुम्बिनी रिभ्यू

बुटवल ।  लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौंदी निर्वाचित भएका छन्।

बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दसौंदी निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका माधव आचार्यलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी चार हजार २६ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनले प्रदेशतर्फ दुई हजार ६४ र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका आचार्यले तीन हजार ७२० मतभार प्राप्त गरे। उनले प्रदेशतर्फ एक हजार ७७६ र स्थानीय तहतर्फ एक हजार ९४४ मतभार प्राप्त गरे।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार प्राप्त गरे। उपनिर्वाचनमा खसेको मतभार सात हजार नौ सय रहेको थियो।

निर्वाचनमा प्रदेश सभाका ९७ सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना मतदाता रहेका थिए। मतदानमा एक जना मात्रै अनुपस्थित रहेको निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए।
https://www.himalkhabar.com/news/134332

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend