• Saturday 25th July 2026

कपिलबस्तुमा यसकारण बढ्दैछन् कोरोना संक्रमित

कपिलबस्तुमा यसकारण बढ्दैछन् कोरोना संक्रमित

थप दश जना संक्रमित पनि भारतबाटै लुकेर आएका थिए


  • लुम्बिनी रिभ्यू

बुटवल, बैशाख २९ गते । कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भित्रिएको बताउनुभयो ।

उहाँका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेकाे क्यारेन्टाईनमा बसेका थिए । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका सङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । अघिल्ला सङ्क्रमित र नयाँ सङ्क्रमितहरूबीचको सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले गोरखापत्रअनलाईनलाई बताउनुभयो । नयाँ सङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये शयोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् ।

-दीपक ज्ञवालीले लेखेको यो समाचार गोरखापत्र अनलाईनमा प्रकाशित छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend