• Saturday 25th July 2026

सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त : हजाराैं दर्शक (फाेटाेहरू सहित)

सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त : हजाराैं दर्शक (फाेटाेहरू सहित)


  • लुम्बिनी रिभ्यू

सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा आयोजित ‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।
७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् । उनले जित संगै नगद रु १ लाख ५ हजार हातपार्न सफल भए ।


विरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा १५ हजार भन्दा बढि दर्शकका बिच भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोर्वोटलाई पराजित गरेका थिए । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइन विरुद्धको भिडन्त जित्दै नगद रु ७५ हजार हाबत पारे । त्यस्तै मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गरे । उनले नगद रु ७० हजार प्राप्त गर्दा महिलातर्फ लाइट वेट भिडन्तमा तन्नुले आकृतीलाई हराइन् । उनले नगद रु ६० हजार हात पारिन् ।


पुरुष लाइट वेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी नगद रु ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एण्ड सुजल टिमले नगद रु ५० हजार हात पार्न सफल भए ।


प्रतियोगितामा नेकपा एमाले स्थायी कमिटी सदस्य यमलाल कंडेल, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य लगायतले विजेताहरुलाई पुरस्कार,मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै सांसद तथा एमाले नेता कंडेलले कर्णाली प्रदेशमा पहिलो पटक आयोजित यस्तो प्रतियोगिताले सबैमा उत्साह र उच्च मनोबल बढेको बताउनुभयो । एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले एकेडेमीले देशभर खेल अभियान चलाएको बताउँदै खेलमार्फत समृद्धि हासिल गरिने बताउँनुभयो । सो अवसरमा मध्यपश्चिमा१चल विश्वविद्यालयका उपकुलपति नन्द बहादुर सिंहले एकेडेमीले खेल सकृयता बढाएको चर्चा गर्नुभयो ।
कार्यक्रम एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षता र उपमासचिव सुवर्णा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च भएको आयोजकले जनाएको छ ।
सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवाली, मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडेमीका सचिव सञ्जु महर्जन, केन्द्रिय सदय विरेन्द शाही,तेकन्दाे विभाग प्रमुख मनाेज खड्गी सचिवालय सदस्य नन्दु काउछा लगायतको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend