• Saturday 25th July 2026

फेरि पनि नुवाकोटे टाइगर हेभीवेट च्याम्पियन

फेरि पनि नुवाकोटे टाइगर हेभीवेट च्याम्पियन


  • लुम्बिनी रिभ्यू


काठमाडौँ । फेरि पनि नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभीवेट उपाधि जितेका छन् । शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभीवेटमा टाइगरले डेभिडलाई पराजित गरे ।

टाइगरले १ लाख ५५ हजार नगद र बेल्ट पुरस्कार पाए । एक साताको अवधिमा टाइगर हेभीवेट च्याम्पियन बनेको दोस्रो पटक हो । टाइगरले जेठ १३ मा सुर्खेतमा उपाधि जितेका थिए ।

नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्डकोरमा साइनले चट्टानलाई हराउँदै १ लाख २५ हजार पुरस्कार जिते । ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वर्ल्डले टुप्पी ग्याङलाई हराएर १ लाख पुरस्कार प्राप्त गरे । लाइटवेट म्याचमा सुजल च्याम्पियन भए । उनले ६५ हजार पुरस्कार हात पारे । उनले कम्ब्याट कर्मालाई हराए ।

महिलाको एकमात्र स्पर्धा लाइटवेट म्याचमा आकृतिले तनुलाई पन्छाइन् । आकृतिले ८० हजार पुरस्कार हात पारिन् ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, आयोजक नेपाल रिङ रेस्लिङ संघका कार्यवाहक अध्यक्ष योगेश्वर श्रेष्ठ, महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।
यसअघि मदन भण्डारी स्पोर्टस् एकेडेमीले १३ जेठमा सुर्खेतमा आयोजना गरेको महाभिडन्तमा पनि उनले उपाधी चुमेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend