• Saturday 25th July 2026

दिगो विकासका लागि लैंगिक समानता र मानविय विकासलाई प्राथमिकता : उपप्रमुख अर्याल

दिगो विकासका लागि लैंगिक समानता र मानविय विकासलाई प्राथमिकता : उपप्रमुख अर्याल


  • लुम्बिनी रिभ्यू


बुटवल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले दिगो विकासका लागि लैंगिाक समानता र मानविय विकासलाई प्राथमिकता दिएको बताएकी छन् । त्यसका लागि स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सरसफाई र सिप विकासका कामलाई ध्यान दिएको उनले बताइन् । ‘नयाँ र उपलब्धीमूलक काम सुरु गरेका छौं । बिस्तारै, तिनको नतिजा देखिन थालेको छ,’ उनले भनिन् ।
मंगलबार बुटवलमा आयोजित स्थानीय तहको विकास र न्यायबारे पत्रकार महिलाहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले नागरिकको दैलो अगाडिको स्थानीय सरकार सरल र सबैको कुरा सुन्ने हुनुपर्नेमा आफू सजग रहेको बताइन् । जस्तोसुकै सेवाग्राही आएपनि सहजरुपमा भेट्ने, उनका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने काममा ध्यान दिएको उनले बताइन् ।
उपप्रमुख अर्यालले न्यायिक समितिको संयोजक भएर मुद्दा हेर्ने, मेलमिलाप प्रक्रियामा लैजाने र फैसलासम्मको अधिकारलाई सरल र जिम्मेवारी तरिकाले अगाडि बढाएको बताइन् । अहिले बजेट निर्माण प्रक्रिया सुरु भएको त्यसमा योजना तर्जुमा गर्ने र योजना तथा सार्वजनिक क्षेत्र अनुगमन गर्ने कामलाई पनि तिव्रता दिएको उनको भनाइ छ ।


स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६६ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक भएर आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट सीमा भित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकिकरण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई बिषयक्षेत्रगत रुपमा छलफलगरी अन्तिम प्रस्ताव कार्यपालिकामा पेस गर्नेसम्मको अधिकार स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुखलाई दिएको छ । त्यसअनुसा नागरिकमाझ कस्ता कार्यक्रम तर्जुमा गर्ने रायसल्लाह लिइरहेको र नागरिकको रोझाइका कार्यक्रम बजेटमा ल्याउने उनले बताइन्् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशाशकिय अधिकृत टेकराज पन्थीले नागरिकका दैनिकी सहज बनाउन न्याय, सुशाशन, विकासमा पहुंचको सुनिश्चितता हुनेगरी बुटवल उपमहानगरपालिकाले काम गरीरहेको बताए । उनले बुटवललाई नमुना शहर बनाउन शिक्षा, स्वास्थ्य, न्याय लगायतका सामाजिक विकासमा परिवर्तनको आभाष दिनेगरी काम भइरहेको पनि बताए । कसरी नागरिकका आवश्यकता, चाहना र परिवर्तनकारी कार्यक्रम गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएको प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जनाए । उनले उपमहानगरले गरेका कामलाई संचारमाध्ययममा ल्याउन र त्यसमा पृष्ठपोषण दिन उनले आग्रह समेत गरे ।
कार्यक्रममा बुटवलमा कार्यक्षेत्र रहेका पत्रकार महिला सहभागी थिए । कार्यक्रममा उपमहानगरले गरेका असल अभ्यासबारे संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल र उपमहानगरपालिकाका संचार विज्ञ सीपी खनालले सहजीकरण गरेका थिए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend