• Saturday 25th July 2026

अर्थमन्त्री पौडेलसहित नवनियुक्त मन्त्रीहरुद्धारा  पदभार ग्रहण

अर्थमन्त्री पौडेलसहित नवनियुक्त मन्त्रीहरुद्धारा  पदभार ग्रहण


  • लुम्बिनी रिभ्यू

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई  बिहीबार बिहान शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । संविधानको धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई नियुक्तिको सिफारिस गर्नुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुभएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्रीमा पदबहाल हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीले विशेष समारोहबीच मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

अर्थमन्त्री पौडेलसहित नवनियुक्त मन्त्रीहरुद्धारा  बिहिबार नै पदभार ग्रहण भएको छ ।

तस्बिर : सुजन गुरुङ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend