• Saturday 25th July 2026

नेता उमेर होइन नेतृत्व हो, पार्टीको आगामी नेतृत्व पनि केपी ओलीको विकल्प छैन : एमाले उपाध्यक्ष पौडेल

नेता उमेर होइन नेतृत्व हो, पार्टीको आगामी नेतृत्व पनि केपी ओलीको विकल्प छैन : एमाले उपाध्यक्ष पौडेल

उनले भने, ‘गुटबन्दी मुदार्वाद, पाटी एकता जिन्दावाद, ’


  • लुम्बिनी रिभ्यू

बुटवल, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले  नेता उमेर नभइ नेतृत्व भएको बताउदै पार्टीको आगामी नेतृत्व पनि केपी ओलीबाटै हुने बताएका छन् ।
बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा बोल्दै उनले एमालेमा विचार बोक्न सक्ने, विश्लेषण गर्न सक्ने, चुनौतिलाई देख्न सक्ने र समस्यालाई समाधान गर्न सक्ने शक्ति ओलीमै रहेकाले ओलीको विकल्पमा कोही नभएको बताए । उपाध्यक्ष पौडेलले एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको र नेतृत्वको विषयमा कुनै विवाद नभएको दाबी गर्दै उनले विवाद ल्याउने कोसिस पानीको फोकाजस्तै फुटेर जाने बताए । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ उनले भने ।
उपाध्यक्ष पौडेलले अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरू धेरै रहेको बताउदै उनीहरुका हरेक योजनालाई विफल पार्ने बताए ।
उपाध्यक्ष पौडेलले आफूले पाटीभित्र  गुट नभइ सशक्त पाटी बनाउन लागेको बताउदै गुटउपगुटबारे आएका सबै प्रचारबाजी झुट भएको बताए । उनले गुट बनाउदा पाटी कमजोर बन्ने बताउदै पाटी राजनीतिको ४५ वर्षमा आफू कहिल्यै गुटगट राजनीतिमा नलागेको दाबी गरे । ‘म सधै गुटवन्दीलाई छेडेर हिड्ने मान्छे हुं । पाटी कमजोर बनाउने गुटबन्दीमा कहिल्यै लागेको छैन । लाग्नेपनि छैन । पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ ।  ,’  उनले भने, ‘गुटबन्दी मुदार्वाद, पाटी एकता जिन्दावाद, ’उनले भने । उपाध्यक्ष पौडेलले एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको भन्दै गुट–उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेरहन पनि आग्रह गरे ।
उपाध्यक्ष पौडेलले प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेलसँग जोडेर केही समाचार सत्य नभएको बताए । एमालेको भविष्यवाणी गर्ने अधिकार यसका सदस्यलाई, प्रतिनिधिलाई मात्र भएको, बाहिर बसेर पार्टीलाई संकटमा धकेल्न सकिन्छ भनेर मुख मिठाउनेलाई बलियो जवाफ दिनुपर्नेे जनाए । गुटबन्दीको हल्ला लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने बताए ।

उपाध्यक्ष पौडेलले अघिल्लो चुनाबमा एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले एमालेले जित्नै पर्ने ठाउँ गुमाएको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा गर्नुुपर्ने बताए ।
‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन’, उनले भने, ‘हामी पुन बलियो बनेर उठ्नुपर्ने छ।’

लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने उनको भनाइ थियो ।‘सरकारमा बसेका सबैलाई एउटै चिन्ता छ, एमाले बलियो बन्छ भनेर मोर्चाबन्दी गरिएको छ, यसमा विदेशी शक्ति केन्द्रले खेलेका छन्, यसलाई चिर्न अब पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

देश बहुआयामिक  संकटमा
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुक बहुआयामिक संकटमा फस्न थालेको बताएका छन् । सरकारको गलत नीति, निर्णय र क्रियाकलापका कारण आर्थिक रुपमा संकटग्रस्त बन्दै बहुआयामिक संकटमा फसेको उनले दाबी गरे । उनले देशलाई संकटमा पारेको जिम्मेबारी पनि सरकारले लिनुपर्ने बताए ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले २०२८ सालपछि पहिलोपटक देश आर्थिक रुपले  डरलाग्दो किसिमबाट संकटग्रस्त बनेको बताए । उनले भने, ‘आन्तरीक राजश्वले सरकारी खर्च धान्न नसकेको, कर्मचारीलाई तलब खुवाउन, पेन्सन दिन , सामाजिक सुरक्षा कोष बनाउन नसकेको अवस्था छ । सरकारले ऋणको साबाव्याज बुझाउन नसक्ने अवस्था छ । नीजी क्षेत्रबाट ब्ल्याक लिष्ट पर्ने संख्या बढेको बढ्यै छ । यो सारै जटिल अवस्था  हो ।’पूर्व अर्थमन्त्री पौडेलले साउनको राजश्व संकलन पनि लक्ष्यभन्दा ४० प्रतिशत कम उठेको बताउदै यो वर्ष अझ ठूलो आर्थिक संकट आउनसक्ने बताए ।
नेता पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसक्ने बताए । देश आर्थिक र सामाजिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताउदै संकट टार्न फेरि एमाले सशक्त भएर उठ्नुपर्ने बताए । एमाले विरुद्ध देशीविदेशी शक्ति लागेको बताउदै यस्तो शक्तिलाई नेता कार्यकर्ता मिलेर परास्त गर्नुपर्ने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend