बुटवल, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले १० पाटी मिलाएर गठबन्दन गरेपनि देश चलाउन नसक्ने बताए । अहिलेको गठबन्दन सरकारले देशलाई संकटमा लगेको बताउदै देशलाई सफल अवतरण गराउने पाटी एमाले मात्रै रहेको उनले दाबी गरे । ‘उद्धेश्य, निति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन सक्दैनन्, ’उनले भने ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले एमाले बाटो बिराउने पाटी नभइ आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पाटी भएको कार्यकर्ताहरुलाई बताए । भने, ‘अरुको १० वटा वुद्धी र एमालेको यौटा बुद्धी अरु कर्ता कता एमाले जतातता यस्तै हो । एमालेले मात्रै देश चलाउने छ । पाटी र देशलाई गन्तव्यमा पुर्याउने छ । ’
अध्यक्ष ओलीले मिसन ८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएके बताए । त्यसका लागि अरुसबै दल एकातिर तर, एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटको बताए । ‘टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिंडेका छौं । सबै दल एमातिर र एमाले एकातिर भएपनि हाम्रो जितलाई रोक्न सक्नेछैन ।’
अध्यक्ष ओलीले अहिलेपनि नेकपा एस लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको बताए । ओलीले भने, ‘समुद्रबाट निस्केर कुनै माछा पोखरीमा जान खोज्छ होला त्यस्तै कोही नेता कार्यकर्ता अरु पाटीमा जान्न । एमालेमा बिग्रका केही फल २ वर्षअघि खसे । तिनै खसेकाले अल्झाएका केही कार्यकर्ता छन् । अल्झेका कार्यकर्ता आउदैछन् । ’ उनले सुर्खेतमा प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने भाषण गरेको प्रसंग कोट्याउदै महान उद्धेश्य बोकेको एमाले कच्चा माटोको ढिक नभएकाले पहिरो नजाने बताए ।
अध्यक्ष ओलीले एमालेले भ्रष्टाचारमा संलग्न आफ्ना नेता कार्यकर्तालाई नबचाउने बताए । तर, अहिलेको सरकारले दोषमात्रै लगाउने र प्रमाणीत नगर्ने गरेकाले उल्टापुल्टा समस्या ल्याएको बताए ।
अध्यक्ष ओलीले संघीयता कार्यान्वयनपछिको पहिलो प्रदेश अधिवेशन भएकाले लुम्बिनी अधिवेशनले पाटी संगठनमा ठूलो र ऐतिहासिक महत्व राख्ने बताए । एमाले अरु पाटीसित लड्नुपर्ने भएकाले भरसक अधिवेशनमा आफूआफूबीच लड्न भन्दा मिलेर जान उनले सभुाब दिए । अध्यक्ष ओलीले १०, १० जना केन्द्रीय पदाधिकारी भएको प्रदेशमा चुनाव हुनुभन्दा मिलाएरै अगाडि बढ्दा राम्रो हुने बताए । छ तपाइहरुले मिलाउन सक्नुहुन्न । भरे साझ बस्नुनस् । नेतृत्व टुंगाउनुस् । भोलि बिहान मै घोषणा गरुला ।यत्रा नेता भएको प्रदेशले नमुना देखाउनुपर्छ । ’उनले भने ।
नेता ओलीले चुनाव भइहाल्यो भनेपनि एकता खलबलियो भनेर साथीहरु ललाकलुलुक हुनुनपर्ने बताए । ‘ बाकस थाप्नुस् । जसले जित्छ जित्छ । जित्ने अध्यक्ष बन्छ हर्को उपनेता । ’
नेता ओलीले एमाले कार्यकर्ता कुनै रुपमा बाडिन र नेतालाई विवादमा ल्याउन भने नहुने बताए । ‘आफ्नाआफ्ना नाममा कुरा गरौं । नेताका नाममा कुरा नगरौं । फल्ना नेता मेरा उनको दाहिनेहात मेरा थाप्लामाथि भन्ने नगरौं । नेताहरुले स्पष्ट पारीसक्नुभएको छ । ’
सरकार निकम्बा
अध्यक्ष ओलीले सरकारले केही गर्न सक्छु जस्तो नलागेकाले प्रधानमन्त्रीले अब जनता नै सडकमा उत्रनुपर्छ भन्दै हिडेको बताए । ‘कार्यकारी निर्णय भएको आफ्नो हातमा कलम चल्ने प्रधानमन्त्रीले पनि यस्तो भन्नुहुन्छ?यो भनेको के हो ? सरकारमा बस्ने केही काम नगर्ने? अनि जनतालाई सडकबाट उत्र भनेर एमाले विरुद्ध लगाउन पाइन्छ ?’ उनले प्रश्न गरे । अर्थतन्त्र बिगार्ने, सुशाशन बिगार्ने, सामाजिक सदभाव बिगार्ने र जनतालाई सडकमा उत्र भन्ने यस्तो गर्नु नहुने उनले दोहोराए । ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई रागा लिन मात्रै किन भारत गएको भनेर गिज्याए । रागा ‘लिन अरु पठाए हुदैनथ्यो प्रधानमन्त्रीले गेरु बस्त्र धारणम मुर्रा भैसी ताननम् । यस्ता खालका प्रधानमन्त्री छन् अनि देशको सार्वभौमता, अखण्डता, विकास कसरी हुन्छ ? ’उनले भने । उनले वर्तमान सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाभिमान गुमाएको बताउदै त्यस्तो हुन नदिने बताए ।
राष्ट्रिय स्वाभिमान झुक्न दिदैनौ, निहुरिन दिदैनौं चुक्न दिदैनौं ।कुनै छिमेकी राष्ट्रले हाम्रो राष्ट्रियतामाथि खेल्न पाउदैन , उनले भने ।
उनले एमाले सरकारले राष्ट्रियताका पक्षमा गरेका कामबारे चर्चा गर्दै नेपालको स्वतन्त्रता र स्वाभिमानमा नखेल्न छिमेकी देशहरुलाई आग्रह् गरे । ‘हाम्रा छिमेकी मित्रहरु आफ्नी आमालाई सम्मान गर्नुहुन्छ हामी पनि आफ्नी आफ्नी आमालाई माया गर्छौं । तपाइहरु आफ्नो देशलाई माया गर्नुहुन्छ हामी हाम्रो देशलाई माया गर्र्छौ तपाइ आफ्नो राष्ट्रिय गौरवलाई स्वाभिमान मान्नुहुन्छ । हामीपनि हाम्रो राष्ट्रिय गौरवलाई अझबढी सम्मान गर्छौ ।’उनले भने ।
उनले एमालेको सरकार हुदा राजश्वका दर र आर्थिक वृद्धिदर बढेकोमा अहिले सरकारकै कारण घटेको बताए । ‘
हाम्रो सरकार बनोस् त एक हप्तामा कमसेकम दोब्बर राजश्व बढ्छ । कुर्सीमा लुटपाट गर्न बनेको देश हो । हाम्रो बेलामा तीव्र विकास हुने अहिले सबै रोकिने त्यस्तो गर्न पाइन्छ,’उनले प्रश्न गरे ।

लुम्बिनी रिभ्यू