
बुटवल । एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनकालागि मतदान सुरु भएको छ ।
बिहान ९ बजेदेखि मतदान सुरु भएको हाे। मतदानका लागि दिउसो १ बजेसम्मको समय तोकिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए ।
एमाले लुम्बिनीको नया नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिश्पर्धामा छन् ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ एवं विश्वराज बराल बांकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिश्पर्धामा छन् । सचिव निर्विरोध छ भने उपसचिव खुलामा ३ र महिलामा ३ जना प्रतिश्पर्धामा छन् । उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु चौधरी र पूर्णमगर मैदानमा छन् । उपसचिव महिलामा आरती पौडेल , लीला रानामगर र वसन्ती अधिकारीले प्रतिश्पर्धा गरेका छन् । यस्तै लेखाकमिटी अध्यक्षमा दामोदर घिमिरे र विष्णुराज विसीको उमेदवारी छ ।
आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिव सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भइरहेको छ ।

लुम्बिनी रिभ्यू