
काठमाडौं । जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
संविधान दिवस मूल समारोह समितिले असोज २, ३ र ४ गते विशेषरूपमा संविधान दिवस मनाउन आह्वान गरे अनुसार देशभर विभिन्न कार्यक्रमका साथ सातै प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवस मनाउने क्रम जारी छ ।
यसैक्रममा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजनामा विशेष कार्यक्रम आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।
समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको छ ।

लुम्बिनी रिभ्यू