• Saturday 25th July 2026

दसैंमा दशा :पाल्पामा फेरि दुर्घटना, ५ जना घाइते

दसैंमा दशा :पाल्पामा फेरि दुर्घटना, ५ जना घाइते


  • लुम्बिनी रिभ्यू

रूपन्देही ।
आइतबार स्कारपियाे जीप दुर्घटना भएर ६ जनाकाे मृत्यु भएको पाल्पामा साेमबार भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । आज विहान पाल्पा रम्भा गाउँपालिका वडा नं. ४ रानिबन रिगेरा घुम्तिस्थित आर्यभन्ज्याङ- रामपुर भित्री पक्की सडक खण्डमा बिरकोटबाट रमईडाँडातर्फ आउँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक पाल्पा रम्भा ४ रमईडाँडाका २३ वर्षीय कृष्ण सारु, सोही ठाउकै २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिल बहादुर कुवर मगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षीय सुरेश सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घाइतेमध्ये चालक सारुको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको प्रवक्ता चन्दले बताए ।
भ्यान बाटोबाट करिब २०० मिटर तल खसेको थियो । हिजो साझ नै पाल्पाको रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा हुँदा ६ जनाकाे मृत्यु भएको थिए भने एक जना गम्भीर घाइते भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend