• Saturday 25th July 2026

आईसीसी टी-२० विश्वकप छनोट : सिंगापुरलाई हराउँदै नेपालको सानदार विजय सुरूवात

आईसीसी टी-२० विश्वकप छनोट : सिंगापुरलाई हराउँदै नेपालको सानदार विजय सुरूवात


  • लुम्बिनी रिभ्यू

 

अदिप्सन ज्ञवाली

बुटवल । नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप छनोटमा विजय सुरूवात गरेको छ ।

साेमबार  त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे ।

ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालका अविनाश बोहराले ३ , सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २-२ विकेट लिएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend