• Saturday 25th July 2026

लुम्बिनीबाट राष्ट्रसंघका महासचिव गुटेरेसको आव्हानः संसारभरका द्वन्द्व रोक्न हातेमालो गरौं

लुम्बिनीबाट राष्ट्रसंघका महासचिव गुटेरेसको आव्हानः संसारभरका द्वन्द्व रोक्न हातेमालो गरौं


  • लुम्बिनी रिभ्यू

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

लुम्बिनी  । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गरेका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु ।’
‘शान्ति र मानवता अपरिहर्य विषय हो मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पन्चशीलको सिद्दान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौं’ गुटेरेसले भनेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडान लगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आव्हान गरे ।
महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका गुटेरेसले शान्ति दीपमा दिप प्रज्ज्वलन गरेका थिए ।
त्यस्तै गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे भने शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदल गएका थिए । उनले परिसरमा वृक्षरोपणसमेत गरेका छन् । महासचिव गुटेरेस लुम्बिनी विकास कोषले विशेष स्वागत समारोहमा आयोजना गर्यो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।
यसैगरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

तस्बिरहरू : प्रदीपराज वन्त


बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याला लामा लगायतले स्वागत गरे । उनी आजै काडमाण्डौ फर्केका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend