• Saturday 25th July 2026

आइसिसी टि-२० विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जीत

आइसिसी टि-२० विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जीत


  • लुम्बिनी रिभ्यू

अदिपसन ज्ञवाली

बुटवल । आइसिसी टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बी मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend