• Saturday 25th July 2026

नेपाली क्रिकेटमा उल्लास, नेपाल टि २० विश्वकपमा चयन

नेपाली क्रिकेटमा उल्लास, नेपाल टि २० विश्वकपमा चयन


  • लुम्बिनी रिभ्यू

अदिपसन ज्ञवाली

नेपाल प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।

नेपाल टि २० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो ।

दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि २० विश्वकप खेलेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो ।

आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ ।

विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहनेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend