• Saturday 25th July 2026

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्याे

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्याे


  • लुम्बिनी रिभ्यू

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पमा जाजरकोट, रुकुमपश्चिम, दैलेख र जुम्ला जिल्लाका १६६ जना घाइते भएका छन् । जसमध्ये पाँच जना डिस्चार्ज भएका छन् । बाँकी १६१ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend