
काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको ६ वर्षको पदावधि सकिनै लागेकाले बिदाइका दिन नजिकिँदैछ ।
२० सांसदको पद रिक्त हुन लागेपछि विभिन्न राजनीतिक दलमा चलखेल पनि सुरु भएको छ । राष्ट्रिय सभामा जानका लागि नेताहरुले आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग सम्बन्ध अझ बढाउन थालेका छन् । कुन समूहमा पद रिक्त हुने हो र आफू जान मिल्ने हो कि, नमिल्ने हो भनेर चासो राख्न थालेका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनु भएका २० सांसदहरु बिदाइ हुन लाग्नु भएको हो ।निर्वाचन आयोगले सांसदहरूको निर्वाचनका लागि आन्तरिक तयारी सुरु गरेको छ ।

लुम्बिनी रिभ्यू