
जाजरकोट। भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी आवास निर्माणका लागि नेकपा एमालेका ११ सय स्वयंसेवकको टाेली काममा खटिएको छ।
एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा ११ सय स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो ।
२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान केन्द्रीय सदस्यसमेत रहनुभएका प्रमुख पौडेलले जानकारी दिनभयो। स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यस अघि नै मैदानमा क्रियाशील छ।
पौडेलका अनुसार १५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।

लुम्बिनी रिभ्यू