• Saturday 25th July 2026

काठमाडौँका विभिन्न स्थानमा झडप,अश्रुग्यास प्रहार

काठमाडौँका विभिन्न स्थानमा झडप,अश्रुग्यास प्रहार


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।

यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend