• Saturday 25th July 2026

प्रसाईँका चार प्रदर्शनकारी पक्राउ,प्रसाईँ नजरबन्दमा

प्रसाईँका चार प्रदर्शनकारी पक्राउ,प्रसाईँ नजरबन्दमा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । प्रहरीका अुनसार अन्यकाे खाेजी भइरहेकाे छ ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढु‌ंगामुढा गरेका थिए ।

आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

यसैविच प्रसाईंलाई प्रहरीले घरमै नजरबन्दमा राखेकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend