• Saturday 25th July 2026

प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. एमालेमा

प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. एमालेमा


  • लुम्बिनी रिभ्यू

काठमाडाै । नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. रमेश भट्टराई एमालेमा समाहित हुनु भएको छ ।
बिहीबार काठमाडाैमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई स्वागत गर्नुभयो ।
सोही कार्यक्रममा नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पनि एमालेमा फर्किनु भएको छ । उहाँसंगै उत्तम शर्मा, देबेन्द्र कोइराला, अनिल पोख्रेल लगायत पनि एमालेमा फर्किनु भएको छ ।
उहाँहरु सबैलाई स्वागत गर्दै अध्यक्ष ओलीले आजैदेखि पार्टी, देश र जनताका काममा सकृय हुन आग्रह गर्नु भयो । उहाँले एमालेभित्र सबैलाई उचित जिम्मेवारी र सम्मानजनक ब्यवहार हुने बताउनुभयो ।
एमालेमा समाहित हुनुभएका नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. भट्टराईले माओबादी केन्द्रबाट प्राध्यापक, बुद्धिजीबीहरुले बिद्रोह गरेर पुरानै घरमा समाहित भएको बताउनु भयो । करिब डेढदशक माओबादीमा रहँदा चरम तनाव र पीडाका दिनहरु बिताएको चर्चा गर्दै आजबाट उन्मुक्ती पाएको बताउनुभयो ।
एमालेमा फर्किनु भएका नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलले आफूहरु रंगीन दृश्यहरु ठानेर फिल्म हलमा छिरे पनि त्यहाँका पात्रहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको देखेर एमालेमै फर्किएको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend