• Saturday 25th July 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : छुटेनन् खाँण र रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरण : छुटेनन् खाँण र रायमाझी


  • लुम्बिनी रिभ्यू

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।पूर्व गृहमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशकाे राय बाझिएको छ । जनक पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश प्रकाश खरेल थुनामै राख्न आदेश भएकाले अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने भएको छ ।

उच्चले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्लाकै आदेश सदर गर्दै थुनामै राख्न आदेश गरेको हो । असार १ गते सबैलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

त्यस्तै, गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि थुनामुक्त नगर्न आदेश दिएको छ ।

त्यसैगरी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई मुद्दा पुर्पक्षको निमित्त थुनामा राख्नेगरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०८०-०३-०१ को आदेश मिलेकै देखिएकाले परिवर्तन गर्नु नपर्ने आदेश दिएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सम्बन्धमा भने न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डेले ३० लाख नगद धरौटीमा रिहा गर्ने र न्यायाधीश प्रकाश खरेलले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश परिवर्तन गर्नु नपर्ने राय राखेपछि दुई न्यायाधीशबीच राय बाझिएको हो । सो मुद्दा अब तेस्रो न्यायाशीश कहाँ पेश गर्नेगरी फैसला गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend