• Saturday 25th July 2026

एमाले संकल्प यात्राका यात्री रोटे पिङमा…

एमाले संकल्प यात्राका यात्री रोटे पिङमा…


  • लुम्बिनी रिभ्यू

लमजुङ । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ टोलीलाई लमजुङमा फरक ढंगले स्वागत गरिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रामा रहनुभएका एमाले पदाधिकारीसहितका टोलीलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङमा आज विशेष प्रकारले स्वागत गरिएको हो। टोलीलाई यात्राको थकान मेटाउन रोटे पिङ खेलाएर स्वागत गरिएको छ।

एमाले टोली आज पोखराबाट लमजुङ आइपुगेको हो । टोली लमजुङको कार्यक्रम सकाएर आजै गोरखा पुगेर बास बस्ने कार्यक्रम रहेको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend