• Saturday 25th July 2026

एमालेकाे संकल्प यात्रालाई भाेजपुरमा स्वागत

एमालेकाे संकल्प यात्रालाई भाेजपुरमा स्वागत


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर छिरेको छ ।

बुधबार बिहान खोटाङ सदरमुकाम दिक्तेलबाट अभियान भोजपुर प्रवेश गरेको हो । एमालेको किराँती भेषमा केपी ओली, भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित स्वागत यात्रामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई भोजपुरको चखेवा पुग्दा भव्य स्वागत गरिएको छ ।

किराँती पहिरनमा भोजपुर पुग्नुभएका ओलीलाई स्थानीयले ढोल, झ्याम्टा सहितका बाजागाजाले स्वागत गर्नुभएको छ । यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाउँबाट सर्वसाधारण भेला हुनुभएको छ ।

अध्यक्ष ओली लगायत नेताहरूलाई स्वागत गर्न बालबालिकादेखि ज्येष्ठ नागरिक समेतको उल्लेख्य उपस्थिति रहेको छ । स्थानीहरू आफ्नो सांस्कृतिक भेष भूषामा फूल माला लिएर एमाले नेताहरूलाई स्वागत गर्न आउनुभएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend