• Saturday 25th July 2026

लुम्बिनी प्रदेश : सरकार विस्तारकाे सकस हटाउन अनेक प्रपञ्च

लुम्बिनी प्रदेश : सरकार विस्तारकाे सकस हटाउन अनेक प्रपञ्च

मन्त्रालयका संख्या बढाउन बाटाे खुल्ला


  • लुम्बिनी रिभ्यू

घाेराही । सरकार विस्तारमा सकस भाेगिरहेकाे  लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ काे अनुसुची १ र २ हेरफेर गर्ने निर्णय गरेकाे छ ।

अब याे निर्णय संगै मन्त्रालयकाे कार्यविभाजन र जिम्मेवारी दिन बाटाे खुलेकाे हाे । प्रदेशमा कायम रहेका १० वटा मन्त्रालयबाट संख्या बढाउन र मन्त्रालयकाे नाम फेरवदल गर्न सक्नेगरी सरकारले बाटाे खाेलेकाे छ ।

सरकार गठन भएको ९ महिना पुग्न थाल्दा पनि सरकारले पूर्णता पाउन सकेकाे छैन । वर्तमान मन्त्रिपरिषदमा मन्त्री थप गर्ने तयारी अन्तरगत कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरिएको हाे । सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्ताेष कुमार पाण्डेले वर्तमान क्याविनेटमा मन्त्री थप्ने बारेमा निर्णय नभए पनि सरकार बिस्तारबारे बाटाे खाेल्ने निर्णय गरिएको बताए ।

उनले भने-अब सरकारलाई अधिकार प्राप्त भएको छ। कस्लाइ मन्त्री बनाउने भन्ने बारेमा निर्णय भएको छैन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend