• Saturday 25th July 2026

संकल्प यात्राले जनतामा उत्साह :एमाले अध्यक्ष ओली

संकल्प यात्राले जनतामा उत्साह :एमाले अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

 

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रुपमा सफल भएकाे बताउनुभएकाे छ।

पार्टीले मंसिर १८ देखि पुस १ गतेसम्म गरेकाे संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा पूर्ण रुपमा सफल भएकाे बताउनुभयाे।

संकल्प यात्राको समीक्षा र सन्देश सार्वजनिक गर्दै उहाँले संकल्प यात्राका क्रममा जनताकाे असाधारण सहभागिता देखिएकाे बताउनुभयाे।

एमालेप्रति जनतामा उत्साह देखिएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे। समृद्धिका लागि संकल्प यात्राले जनतामा सकरात्मक प्रभाव पारेकाे उहाँले बताउनुभयाे।

जनतामा देखिएकाे निराशालाई केही भएपनि चिर्ने काम संकल्प यात्राले गरेकाे पनि उहाँले बताउनुभयाे । राजनीतिक रुपमा देखिएका गलत भास्यलाई असान्दर्भिक बनाइदिएकाे अध्यक्ष ओलीले बताउनुभयाे।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend