• Saturday 25th July 2026

लुम्बिनीमा सरकार विस्तार : थपिएका दुई मन्त्रीले लिए शपथ

लुम्बिनीमा सरकार विस्तार : थपिएका दुई मन्त्रीले लिए शपथ

कसरी मन्त्री भए रोज राणा र कृष्णा केसी ?


  • लुम्बिनी रिभ्यू

 

बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा)ले प्रदेश प्रमुखबाट आइतबार बुटवलमा सपथ लिएका हुन् ।

बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेपाली कांग्रेसमा संस्थापन समूहको बलियो पात्र बनेका राणा कांग्रेस नेतृ आरजु राणासँग निकै नजिक छन् ।

 

लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend