काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरु देशमा नबस्ने र जनसंख्या नै बसाइ सर्ने ठूलो चुनौती रहेको बताएका छन् ।
मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँदै उनले यस्तै अवस्था कायमै रहे देशको भविष्य अपठेरोमा पर्नसक्ने बताए ।

उनले भने, ‘आर्थिक क्षेत्रका सम्भावना थुप्रै छ । अरु चुनौती समाधान गर्न सजिलो छ । तर, सबैभन्दा ठूलो चुनौती युवाहरु देशमा नबस्ने र जनसंख्या नै बसाइ सर्ने, युवाहरु नभएपछि अरु के गरेर बस्ने त्यो दुर्गमा ठाउँमा ? खेती नभएपछि वन जस्तो अवस्था हुन्छ त्यहाँ । त्यसैले बसाइसराइ र युवा पंक्ति बस्न नसक्ने स्थिति छ ।’

अध्यक्ष ओलीले आफूहरुको सभामा पनि ४० प्रतिशतभन्दा धेरै युवाहरु सहभागी नभएको बताए । यद्यपि, आफूहरुले अवधारणा राख्ने मानिसहरुमा आशावादी देखिएको बताए ।
उनले यसलाई रोक्न आफूहरुले विज्ञहरुसँग पनि छलफल गर्ने बताए ।

लुम्बिनी रिभ्यू