भैरहवा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले सिद्धार्थनगर नगरपालिका भैरहवामा घरदैलो अभियान सुुरु गरेको छ । गठबन्धनबाट मेयर (प्रमुख)मा नेपाली काँंग्रेसका इस्तियाक अहमद खान र उपमेयर (उपप्रमुख)मा माओबादीबाट कमला थापा उम्मेदवार छन् ।
सिद्धार्थनगर वडा नम्बर १ बाट सुुरु भएको घरदैलोमा कांग्रेसबाट मेयरका आकांक्षी सुुरेन्द्रजंग थापा, विजय शर्मा, महेन्द्रकुुमार श्रेष्ठ र सुशीलल गुुरुङ्ग तथा माओवादीका मनिषकुमार जोशीले इस्तियाक अहमद खानलाई बिजयको सुुभकामना दिँदै संयुुक्त रुपमा अंकमाल र हातेमलो गरी घरदैलोको सुुरुवात भएको कांग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै, उपमेयरकी आकांक्षी पल्लवी न्यौपानेले पनि कमला थापालाई बिजयको शुुभकामना दिंदै गठबन्धनलाई बिजयी गराउन आफू निरन्तर लागिरहने बताइन् ।

लुम्बिनी रिभ्यू