काठमाडौं । बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । बालकुमारी चोकमा संघले प्रर्दशन गरेको हो ।
उनीहरु प्रधानमन्त्रीज्यू रोजगारी माग्ने युवालाई तातो गोली, युवाहरु सडकमा मरेको, सरकार भ्रष्टाचारमा सडेको, राज्यको ज्यादती बन्द गर, युवा मार्ने गृहमन्त्रीको राजीनामा खोई भन्दै प्रश्न गरेका छन् ।
उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका १ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

लुम्बिनी रिभ्यू